
हुलाकी न्यूज, नेपालगंज : प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवकी पत्नीसहित परिवारजनमाथि प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट मनोहरको पत्नी सुनिता यादव सख्त घाइते भएकी छिन्।
प्रहरीको लाठी चार्जबाट रामनोहरकी पत्नीसहित एक दर्जभन्दा बढी घाइते भएको स्वतन्त्र मधेश गठबन्धनले जनाएको छ। साथै २० जनालाई प्रहरीले पक्राउ गरेको छ।
मृतक राममनोहरको परिवारलाई न्याय दिलाउनभन्दै शुक्रबार बाकेंका स्थानीयवासीहरुले चक्का जाम गरेका छन्।
यातायात बन्दगरी शान्तिपूर्ण आन्दोलन गरिरहेका पीडित परिवार र संघर्ष समितिका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ।
घाइतेहरुको उपचार स्थानिय अस्पताल र मेडिकलहरुमा भइरहेको गठबन्धनले जनाएको छ ।
राममनोहरको लाश एक महिनादेखि अलपत्र, नेपालगंजमा चक्का जामको आह्वान



