हुलाकी न्यूज, काठमाडौं : सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीको हवाला दिँदै भारतीय मिडियाले नेपालका मदरसाहरु आइएसआइले मुस्लिम युवाहरूलाई कटरपंथी बनाउन प्रयोग गरिरहेको आरोप लगाएको छ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासमार्फत आइएसआइले नेपालको तराई क्षेत्रमा गतिविधि गरिरहेको आरोप लगाइएको हो।
पाकिस्तानी दूतावासले निर्दोष नेपाली मुस्लिम युवालाई कटरपंथी बनाउँदैछ भने मदरसाहरूलाई आर्थिक सहयोग गरिरहेको समाचारमा उल्लेख छ।
गैरसरकारी संस्थाको माध्यमबाट पाकिस्तानले नेपालको मदरसामा लगानी गरिरहेको र युवाहरूलाई प्रशिक्षणका लागि पाकिस्तान लग्ने गरेको जनाइएको छ।
एजेन्सीको रिपोर्टको हावाला दिँदै भनिएको छ,‘नेपाल र भाकिस्तानबीच शंकास्पद गतिविधि भइरहेको छ। पाकिस्तान एम्बेसीका केही कर्मचारीहरू मदरसा निर्माण स्थलहरूमा भेटिएका छन्।’ केही समयअघि पाकिस्तानी दूतावासको चार सदस्यीय टोली सुनसरी र मोरङ जिल्लाको भ्रमण गरेको थियो । गत वर्ष पनि त्यो टोली त्यसक्षेत्रको भ्रमण गरेको समाचारमा उल्लेख छ।
हजारभन्दा बढी मदरसा नेपालमा रहेको जनाउँदै भारत विरुद्ध ती मदरसाहरु आइएसआईले प्रयोग गरेको उल्लेख गरिएको छ।
आइएसआइले भारतीय नक्कली रुपैंयाको ओसारपसार, हातहतियार ओसारपोसारपिहत आतंकवादी कार्यका लागि नेपालको भूमि प्रयोग गरिरहेको आरोप लगाइएको छ ।
यसै गरी नेपालमा चिनिया तवलिङ जमात पनि सक्रिय भएको भन्दै ती समूहमा केही महिलाहरूसमेत रहेको जनाइएको छ । भारतीय एजेन्सीले आफ्ना पक्षलाई अलर्टमा रहन निर्देशनसमेत दिएको छ।
केही दिनअघि सुनसरीमा मारिएका खुर्सिद आलमलाई भारतीय सञ्चारमाध्यमहरूले आतंकवादी गतिविधिमा संलग्न भनी आरोप लगाउँदै आएको छ। नेपाल सरकारले खुर्सिदलाई सहिद घोषणा गरेको छ।



