हुलाकी न्यूज, काठमाडाै :
सरकारको काम कारबाहीबाट जनता खुसी नभएको बताउँदै राजपाका नेता राजेन्द्र महतोले भने,‘कुन खुसी मनले पर्व त्योहार मनाउने? निर्मला पन्तको हत्यारा पता लाग्न सकेको छैन। अपराधीलाई कसले जोगायो?’

‘कालो झन्डा देखाएको राम मनोहर यादवलाई पक्राउ गर्ने अनि हिरासतमा कुटेर हत्या गर्ने?’ विहीबारकाे प्रतिनिधि सभा बैठकमा  महतोले प्रश्न गरे,‘जनताले जिताएको रेशम चौधरीलाई यो अधिवेशनमा संसदमा उपस्थित गराउन सकिएन। जनताले जितायो तर सरकारले प्रमाण पत्र दिएन। यो सभामुखको पनि कमजोरी हो। सभामुखले पनि संसदमा उपस्थिति गराउन सकेन।’

टीकापुर आन्दोलन राजनीतिक घटना भएको बताउँदै महतोले भने,‘अहिलेसम्म रेशम चौधरीलाई दोषी प्रमाणित गरिएको छैन। माओवादी आन्दोलनको दश वर्षमा हजारौँ सुरक्षाकर्मी र जनता मारिए खोइ त कसैलाई कारबाही? तर रेशम चौधरी अपराधी नभए पनि सजाइ किन?’

निजगढमा जंगल विनाश गरेर विमान स्थल बनाउनुभन्दा सागरनाथ वन परियोजनामा बनाउनु उपयुक्त हुने सुझाव महतोले दिए।

संविधान संशोधनका लागि बारम्बार भनिए पनि सरकारले कानमा तेल हालेर बसेको बताउँदै महतोले भने,‘ अव धैर्यको बाँध टुट्न लागेको छ। धैर्य टुटे पछि धेरै कुरा टुट्न सक्छ।’

पहाडमा जसरी सबैको सम्पर्क भाषा नेपाली भएको, त्यसै गरी मधेशमा सबैको सम्पर्क भाषा हिन्दी रहेको जिकिर महताले गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.