हुलाकी न्युज, सिरहा । सिरहाको गोलबजारमा एक मासु पसलमा आगलागी हुँदा पूर्ण रुप्ले पसल जलेर नस्ट भएको छ । ग्यासको सिलिन्डरमा एक्कसी ग्यास लिक भएर आगलागी हुँदा पसलका सम्पूर्ण समान जलेर नस्ट भएका छन ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत् गोलबजार नगरपालिका वडा नम्बर ४ स्थित जाकिर खानको अफरिन मासु पसलमा मंगलवार अपरान्ह ५ बजे आगलागी भएको हो । आगलागीबाट १ थान फ्रीज, खाट, अन्दाजी ५० क्यारेट कुखुराको अन्डा, जस्ता पाता लगायतका अन्य सामानहरु जलेर नष्ट भएको गोलबजार प्रहरीले जनाएको छ । आगलागी हुँदा बारु यन्त्रलाई खबर गर्दा समेत नआएपछी स्थानियकै सहयोगमा आगोलाई नियन्त्नमा लिएका थिए ।

मासु पसलमा आगलागी हुँदा पूर्णरुपले पसल जलिसक्दासम्म बारुण यन्त्र घटनास्थलमा नपुगेपछि आक्रोशित स्थानीयले गोलबजार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.