
हुलाकी न्यूज नेपालगंज : स्वतन्त्र मधेश गठबन्धनले नेपालगंजमा प्रदर्शन गरेको छ। प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको घटनाको छानविनको माग गर्दै गठबन्धनले प्रदर्शन गरेको छ।
मृतक यादवको परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, सहिद घोषणा गर्नु पर्ने र बालबच्चाको शिक्षाको व्यवस्था गर्नु पर्नेलगायतका मागसहित गठबन्धनले प्रदर्शन गरेको हो।
नेपालगंजको त्रिबेनी मोड हुँदै कमल मधेशी चौकलाई परिक्रमा गरी सीडीओ कार्यालय अगाडि प्रदर्शनकारीहरु जम्मा भएका थिए।
प्रदर्शनका क्रममा भएको कोण सभालाई हरपाल सिंह, राजितराम बर्मा, रियाज अंसारी, मन्साराम यादव, देवराज मौर्यलगायतले सम्बोधन गर्दै सरकारको आलोचना गरेका छन्।
मृतक यादवको परिवारलाई आज २५ औं दिनसम्म शव नदिएको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका थिए।
यसैगरी जिल्ला प्रशासन कार्यालयमा गठबन्धनका नेता तथा बाँके प्रहरीका प्रमुख र सीडीयोबीच छलफल भएको छ।



