
हुलाकी न्यूज, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ अध्यक्षमा प्रभु साह सिफारिस भएका छन्। नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले साहलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसैगरी प्रदेश दुईको इन्चार्जमा सत्यनारायण मण्डल सिफारिस भएका छन्। सहइन्चार्जमा विश्वनाथ साह र सचिवमा सुमनराज प्याकुरेल सिफारिस भएका हुन्।
रौतहटबाट निर्वाचित साह यसअघि तत्कालिन माओवादीमा थिए भने इन्चार्ज मण्डल तत्कालिन एमालेमा। विश्वनाथ साह माओवादीमा थिए भने प्याकुरेल एमालेमा। चार पदाधिकारी मध्ये दुई जना एमाले र दुई जना माओवादीबाट चयन भएका हुन्।
प्रदेश २ का चार पदाधिकारी मध्ये एक गैरमधेशीलाई चयन गरिएको छ।
तर प्रदेश १, प्रदेश ५ मा मधेशीहरु उलेख्य संख्यामा रहे पनि एउटा पनि पदाधिकारी बनाइएको छैन।
यता प्रदेश एकको इन्चार्जमा भीम आचार्य, अध्यक्षमा देवराज घिमिरे, सहइन्चार्ज साबित्री काफ्ले र सचिवमा सुरेश बहादुर राई सिफरिस भएका छन्।
प्रदेश तीनको इन्चार्जमा अष्टलक्ष्मी शाक्य, अध्यक्षमा हितमान शाक्य, सहइन्चार्जमा नारायण दाहाल र सचिवमा आनन्द पोख्रेल रहेका छन्।
गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ, अध्यक्षमा हितराज पाण्डे, सहइन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपाली चयन भएका छन्।
प्रदेश ५ को इन्चार्ज शंकर पोख्रेल, अध्यक्षमा ओनसरी घर्ती, सहइन्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मा चयन भएका छन्।
कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मा, अध्यक्षमा गोरखबहादुर बोगटी, सहइन्चार्जमा यमलाल कंडेल र सचिवमा मयाप्रसाद शर्मा सिफारिस भएका छन्।
प्रदेश ७ को इन्चार्जमा भीम रावल, अध्यक्षमा कर्ण थापा, सहइन्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरी सिफारिस भएका छन्।



