हुलाकी न्यूज, काठमाडौं :
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले जनकपुरमा गरेको कार्यक्रमको चर्चा संघीय संसदमा भएको छ।

विहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जनकपुरधाममा डा.राउतले गरेको कार्यक्रम देशकै लागि चुनौतीको विषय भएको बताएका छन्।

संविधान दिवसको विरोधमा देश विखण्डनका लागि नारा लगाइए पनि सरकार चुप रहेको भन्दै सरकारको आलोचनासमेत भएको छ।

सांसद राजेन्द्र कुमार लिंग्देनले सीके राउतको कार्यक्रमलाई समान्य रुपमा नलिन आग्रह गरेका छन्।

‘राष्ट्रिय विखण्डनको कुरा स्वीकार्य हुन सक्दैन। सरकारको सुरक्षामा रहेर देश विखण्डनको कुरा भयो। हिजो संविधान दिवसको विरोधमा विखण्डनको कुरा उठेको छ। सरकार यस विषयमा गम्भीर बनोस्।’ लिंग्देनले भने।

नेकपाका सांसद महेश बस्नेतले पनि डा.राउतको कार्यक्रमको चर्चा गरे। राउतको कार्यक्रमलाई राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि सहयोग गरेको आशंका बस्नेतले व्यक्त गरे।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.