
हुलाकी न्यूज, बीरगंज : संविधान दिवसको अवसरमा बीरगंजस्थित घण्टाघर अगाडि ‘नेपालको संविधान’ जलाइएको छ।
नागरिक समाज, बुद्धिजिवि तथा अगुवाहरुले नेपालको संविधान विभेदकारी रहेको भन्दै जलाएका छन्।
एक गैर सरकारी संस्थाले बीरगञ्जमा आयोजना गरेको ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा : राष्ट्रिय बहस र मन्थन २०७५’ कार्यक्रममा सहभागी हुन काठमाडौंसहित अन्य ठाउँबाट अधिकारकमर्मीहरु त्यहाँ पुगेका थिए। उक्त कार्यक्रम पछि साँझ घण्टा घरमा संविधान जलाइएको हो।
संविधान दिवस अशोज ३ गते लाई कालो दिवसको रूपमा मनाउने क्रममा सहिदहरुप्रति श्रद्धाञ्जली पनि दिइएको थियो। श्रद्धाञ्जली पछि संविधान जलाइएको थियो।
संविधान जलाउने क्रममा विश्लेषक सीके लाल, लेखक खगेन्द्र संग्रौला, लेखक युग पाठक, विश्लेषक भाष्कर गौतम, पूर्व राजदुत विजय कान्त कर्ण, प्रध्यापक डा.कृष्ण हाच्छेथुु, पत्रकार चन्द्र किशोर झा, अधिवक्ता शंकर लिम्बु र पत्रकार राजेन्द्र महर्जन सहभागी रहेको टीएमएनसीले जनाएको छ।
यसैगरी, अधिकारकर्मी दर्गा सोब, स्तम्भकार सुमन मण्डल, विश्लेषक तुला नारायण साह, अधिकारकर्मी राकेश मिश्रालगायत दर्जनौं अधिकारकर्मी र अभियन्ताहरू संविधान जलाउने कार्यक्रममा सहभागी थिए। प्रकाश थारू, ओम प्रकाश सर्राफ, भरत साह, मनी झा, लक्ष्मण सर्राफ, शशी यादवल, अधिवक्ता आनन्द गुप्ता र सरोज रायलगायत सहभागी थिए।






