हुलाकी न्यूज, काठमाडौं, २३ आश्विन । जारी मधेश आन्दोलनको समर्थनमा शनिबार राजधानी काठमाडौंमा प्रदर्शन भएको छ । त्यस्तै मधेशी र पहाडी एकता बचाइराख्न र सामाजिक सदभाव कायम गर्न पनि शनिबार नै विभिन्न कार्यक्रमहरु भएका छन् ।
काठमाडौंको माइतीघर मण्डलाबाट बबरमहलसम्म नेपाल सरकार हराएको सुचना लेखेको पम्पलेट टाँसेर युवाहरुले मावन साङ्लो निर्माण गरेका छन् ।
त्यस्तै शनिबार दिउँसो नयाँ बानेश्वरमा धोती र्यालीको पनि आयोजना गरिएको छ । धोती र्यालीमा मधेशी र पहाडी दुबै समुदायका युवाहरुको सहभागिता थियो । उनीहरुले धोती कुर्ता लगाएर मधेशी पहाडीबीचको एकता र सदभाव देखाएका छन् ।
शनिबार नै काठमाडौंको भृकुटीमण्डपमा मधेशी र पहाडी समुदायका युवाहरुले एकआपसमा मित लगाएका छन् । भृकुटीमण्डपमा भेला भएर दुई समुदायबीच आपसी सदभाव कायम गर्ने उद्देश्यले मीत लगाइएको सहभागीहरुले बताएका छन् ।




aka ichi pani na xodhane sir
bilkul
Khas badi shashak haru lay nai pahadi madeshi ekta gern khoji rahe ka 6ainan.