हुलाकी न्यूज, काठमाडौं :
काठमाडौंस्थित माइतीघर मण्डलामा संविधान दिवसको विरोध गरेका युवाहरु पक्राउ परेका छन्।

मण्डलामा प्रदर्शन गर्ने दुई दर्जन युवाहरु पक्राउ परेको जनाइएको छ।

मधेशीसँग सम्बन्धीत विभिन्न संगठनले संविधान दिवसको विरोधमा प्रशर्दन गर्न आह्वान गरेको थियो। उक्त प्रर्दशनको क्रममा माइतीघर मण्डला पुगेका युवाहरुलाई नेपाल प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी कार्यालयमा राखेको छ।

टीएमएनसीका सदस्य कसिन्द्र यादवका अनुसा करिब ३० जना मधेशी युवाहरु प्रहरी हिरासतमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.