दिउँसो ३ बजे भएको प्रदर्शनमा युवाहरुले निर्मला पन्तलाई न्याय दिन माग गरेका छन् । उनीहरुले घटना भएको लामो समय भईसक्दा पनि बलात्कार र हत्यामा संलग्न ब्यक्ति पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।
प्रहरीले मानसिक सन्तुलन गुमाएको निर्दोष ब्यक्तिलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रदर्शनमा सहभागी सिरहाका स्थानिय युवा जितेश कर्णले बताईन् । निर्मला हत्या काण्डमा सरकारले देखाएको उदासिन र दोषीलाई संरक्षण गरेको भन्दै सरकारको कडा आलोचना समेत गरिएको छ । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न ब्यक्तिलाई चाँडो भन्दा चाँडो पत्ता लगाइ कडा भन्दा कडा सजाइको उनको माग रहेको छ् ।













