
हुलाकी न्यूज, काठमाडौं : असोज तीन गते साँझ ‘बल्याक आउट’ गरेर विरोध जनाउने निर्णय राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले गरेको छ।
संविधान जारी भएको दिनको अवसरमा विरोधका विभिन्न कार्यक्रम अन्तरगत दिँउसो विरोध सभा र साँझ ‘बल्याक आउट’ गर्ने निर्णय सार्वजनिक गरेका छन्।
दुई दिनसम्म चलेके राजपा अध्यक्ष मण्डलेको बैठकले मधेश विरोधी संविधान जारी भएको दिनलाई विरोध दिवसका रुपमा मनाउने निर्णयसहित कार्यक्रमहरु सार्वजनिक गरेको हो।
राजपा अध्यक्ष मण्डले जिल्ला समितीलाई जारी गरेको सरकुलरमा असोज तीनलाई विरोध दिवसका रुपमा मनाउँदै दिउँसो विरोध प्रर्दशन तथा विरोध सभा गर्ने र साँझ सात बजेदेखि सवा सात बजेसम्म ‘बल्याक आउट’ अर्थात बती निभाएर विरोध गर्न निर्देशन दिएको छ।
जिल्ला स्तरमा समन्वय गरी थप कार्यक्रम गर्न जिल्ला समितिहरुलाई राजपाले निर्देशन दिएको छ।



