हुलाकी न्यूज, काठमाडौं, २३ आश्विन । मधेशी मोर्चाले गरेको नाकाबन्दीका कारण काठमाडौंमा दैनिक उपभोग्य सामानको अभाव सुरु भएपछि मधेशी दलविरुद्ध आक्रोश पनि बढ्न थालेको छ । काठमाडौंमा सबैभन्दा धेरै अभाव पेट्रोल र खाना पकाउने ग्याँसको देखिएको छ ।

daaura-ma-chiya

काठमाडौंवासीले दैनिक सामानको अभावको आक्रोश पोख्दै मधेशी दलहरुको कार्यालय अगाडि प्रदर्शन सुरु गरेका छन् । शनिबार अनामनगरस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय अगाडि केही राजधानीवासीले दाउरामा चिया पकाएर आफ्नो विरोध जनाए ।

यसअघि काठमाडौंमै रहेको सदभावना पार्टीको सम्पर्क कार्यालयमा पनि केही युवाले तोडफोड गरेका थिए भने पार्टी अध्यक्ष राजेन्द्र महतोको घर जलाईदिने धम्की पनि दिएका थिए ।

यसैबीच, सदभावना पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता उपेन्द्र महतोले उपभोग्य सामानको आपूर्ति रोकिएकोमा मधेशी दलमाथि आक्रोश पोख्न नहुने धारणा व्यक्त गरेका छन् । महतोले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हाम्रो सरकारलाई असहयोग आन्दोलन हो । यसै अन्तर्गत हामीले नाकाबन्दी गरेका हौं । आपूर्तिको जिम्मा सरकारको हुन्छ । त्यसैले काठमाण्डौबासीले मधेशी दलको कार्यालय र घर हैन, सरकारको कार्यालय र घर घेर्नुपर्छ । समस्याको समाधान खोज्न सरकारलाई दबाब दिनुपर्छ ।’

2 COMMENTS

  1. daura ma chiya pakauna, bharatiya rajdutabash agadi petrol ko botal din,pasupati mandirma narendra modi banera 6ama yachana garna 60dera baru madhesh ko jayja ma ko samarthan gardai rodma aaye ko vaye yo desh ko samasya samadhan honthiyo ki

  2. The govt. is enjoying the so called Nakabandi and taking advantage of this. Now govt. does not need to concentrate on Madheshi issue, rather the govt is now trying to erect a wall between Mahesh and Kathmadu people to promote communal feeling and disruption so that govt. can misuse this opportunity and declare Madhesh Aandolan as Communal one. WAhhhh

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.