हुलाकी न्यूज सप्तरी । सप्तकोशी नदीको पानीका कारण दुई सातादेखि डुबानमा परेका हनुमाननगर कंकालनी नगरपालिकाका बाढीपीडितलाई राहत बितरन गरिएको छ ।
स्थानीय तह र सरकारी निकाय समेतले यी डुबानमा रहेका पीडितका लागि कुनै चासो नलिएपछि धर्मीहल्फा महिला विकास क्लवले आईतबार राहत बितरण गरेको हो ।
कोशी नदीका कारण विस्थापित भएर कष्टकर जीवन विताई रहेका कारीब ८० घरका ४ सय ९१ जना लाई चामल, भुजा र च्यूरा वडाको अनुरोध बमोजिम राहत बितरण गरिएको संस्थाका अध्यक्ष एवं समाजसेवी इन्जिनियर सुर्यनारायण यादवले बताए ।




