काठमाडौं : कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए सडक संघर्षमा जाने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दिएको छ।

प्रतिनिधि सभाको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले सरकारले राजपासँग गरेको कयौं सहमति कार्यन्वयन नगरेकोले अब संघर्षमा जानु पर्ने बाध्यता रहेको बताए।

‘निर्वाचन भएको दश महिना हुँदासमेत एउटा सांसदले शपथ ग्रहण गर्न पाएको छैन। संसदबाट पनि बारम्बार कुरा उठाउँदै आएका छौ। अदालतमा विचाराधीन मुद्दाका विषयमा पार्टीले केही भन्दैन। तर जुन कुरा सरकारसँग सम्बन्ध छ त्यो कुरा हुनु पर्‍यो।’ झाले भने,‘तपाईबाट शपथ ग्रहणका लागि रुलिङ्ग भइरहेको छैन। मुद्दा कुनै प्रमाणित भएको छैन।

आन्दोलनमा त मुद्दा यो हाउसमा बस्ने अधिकांशमाथि छ। सबै व्यवस्था लडाई र संघर्षबाट आएको छ। सबैले चुनाव जिते तर रेशम चौधरीलाई शपथ ग्रहण गराइएको छैन।’

‘नेपाल सरकारसँग माग गर्न चाहन्छु कि रेशम चौधरीको शपथ ग्रहण गराइयोस्। यो सरकारले गर्न छ। बाँकी प्रक्रिया अगाडि बढी रहनेछ।’ उनले भने,‘नेपाल सरकारले बारम्बार हामीसँग सहमति गरेको छ। मुद्दा फिर्ता गरेको छैन। निश्चित समयसम्म मात्र हामी धैर्य धारण गरेर बस्न सक्छौ। होइन भने सडक संघर्ष गर्न राजपा बाध्य हुनेछ।’

उनले रौतहटमा भएको डुँगा दुर्घटनामा मृत्यु भएकालाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरे।

http://www.pahilopost.com/content/20180906162150.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.