हुलाकी न्यूज काठमाडौं :
राम मनोहर यादवको प्रहरी हिरासतमा यातना दिइ हत्या भएको भन्दै सांसदहरुले छानविनको माग गरेका छन्।

नेपाली कांग्रेसका तीन जना सांसद, राजपाका दुई जना सांसद र फोरमका एक जना सांसदले छानविनको माग गरेका छन्।

संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदरुले उच्च स्तरीय न्यायिक छानविन समिति र संसदीय छानविन समिति बनाएर घटनाको छानविन गर्नु पर्ने माग गरेका छन्।

संसदमा विशेष समय लिएर बोलाका नेपाली कांग्रेसका सांसद डा.अमरेश कुमार सिंहले भने, ‘सरकारले जिम्मा लिन्छ र हत्या गर्छ। सम्बन्धीत पुलिसलाई पनि कारवाही हुनु पर्छ। विभागिय छानविन होइन, न्यायिक छानविन हुनु पर्छ।’

‘आज एउटा समुदायको मान्छे मारिएकोले हामी मौन छौं। आज मधेशीलाई मारिएको छ भोली दलित मारिन्छ। अहिले नै रोक्नु पर्छ।’ सिंहले भने,‘छानविनसहित पीडित परिवारलाई राहत उपलब्ध गराउनु पर्छ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेको बाँकेका राम मनोहर यादवको प्रहरी हिरासतमा यातना दिइ हत्या गरिएको राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले बताए।

प्रहरी हिरासतमा अत्याधिक टर्चर गरी बेहोस् भएपछि अस्पताल लगिएकोले उनको मृत्यु भएको बताउँदै कर्णले भने ‘यो सरकारद्धारा भएको हत्या हो। यस घटना बारे गृहमन्त्रीले तुरुन्त जानकारी दिनु पर्ने थियो। सांसदहरुले कुरा उठाइ रहेको छ। तर सरकारले जवाफ दिइएको छैन।’

कर्णले संसदीय छानविन समिति गठनको माग गरे।

नेपाली कांग्रेसका अर्का सांसद तेजु लाल चौधरीले अहिलेको शासनमा कालो झण्डा देखाउन पाउने कि नपाउने भनी प्रश्न गरे।

‘प्रश्न सोधन चाहान्छाु। यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हो कि होइन? यो त पञ्चायती व्यवस्थाभन्दा पनि कठोर छ।’ चौधरीले भने,‘दुई तिहाईको घमण्डले चुर भएको यो सरकारले कालो झण्डा देखाएको राम मनोहर यादवलाई पक्राउ गरी हिरासतमा मारेको छ।’

चौधरीले उक्त घटनाको छानविन गर्न र क्षतिपुर्ति दिन माग गरे।

कांग्रेसका अर्का सांसद भरत कुमार शाहले पनि घटनाको छानविनको माग गरेका छन्।

संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमा शंकर अरगडियाले पनि उच्च स्तरीय छानविनको माग गरे।

घटनामा उपप्रधान मन्त्री यादव दोषी नभएको आश्य व्यक्त गर्दै उनले प्रहरीको भूमिका शंकास्पद रहेको दाबी गरे।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा राजपाका सांसद प्रमोद कुमार साहले पनि राम मनोहर यादव घटनाको छानविनको माग गरेका थिए।

बर्दिया जिल्लामा आयोजित संघीय समाजवादी फोरम नेपालको कार्यक्रममा सहभागी हुन पुगेको उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवले कालो झण्डा देखाएका थिए।

भदौ सात गते पक्राउ गरिएका उनको प्रहरी हिरासत भित्रै स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि काठमाडौं ल्याएपछि उनको मृत्यु भएको गृहमन्त्रालयको दावी रहेको छ।

तर एशियन ह्युमन राइट, तराई मानव अधिकार रक्षक सञ्जाल र यादवका परिवारले प्रहरीको यातनाबाट यादवको मृत्यु भएको दावी गर्दै आएको छ।

डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले आफ्नो नेताको मृत्यु शंकास्पद भएको भन्दै घटनाको छानविनको माग गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.