हुलाकी न्यूज, काठमाडौं : सहिद राम मनोहर यादवको मृत्यु प्रकरणमा गैर आवासीय मधेशी संघ (एनआरएमए)ले अन्तर्राष्ट्रिय निकायसँग छानविनका लागि आग्रह गरेको छ।

विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन एनआरएमएको अन्तर्राष्ट्रिय समितिले घटना रहस्यमय भएकोले अन्तर्राष्ट्रिय समुदाय तथा मानव अधिकारवादी संस्थाहरुलाई छानविनमा पहल गर्न अपिल गरेको छ।

उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका राम मनोहर यादवलाई प्रहरी हिरासतभित्र यातना तथा उपचारमा हेल्चक्रियाई गरिएकोले मृत्यु भएको आशंका एनआरएमएको रहेको छ।

यस घटनामा नागरिक समाज, बुद्धिजिविहरुले ध्यान दिनु पर्ने उल्लेख गर्दै एनआरएमएले पीडित परिवारलाई क्षतिपुर्ति दिनुका साथै सरकारको तर्फबाट सहिद घोषणा गर्नु पर्ने जनाएको छ।

एनआरएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले हुलाकी न्यूजसँग कुराकानी गर्दै घटनाको निश्पक्ष छानविनका लागि आफुहरुले पनि अन्तर्राष्ट्रिय स्तरमा पहल गरिरहेको बताउँदै मधेशी अगुवाहरुलाई सहयोग गर्न आग्रह गरे।

अध्यक्ष कुशवाहाले सहिद यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारका सदस्यहरुलाई विभिन्न निकायले सहयोग गर्नु पर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.