
हुलाकी न्यूज, जनकपुरधाम : प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवप्रति जनकपुरधामको जानकी मन्दिरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
स्वतन्त्र मधेश गठबन्धन तथा स्थानीय अगुवाहरुको नेतृत्वमा श्रद्धाञ्जली सभा भएको हो।
मधेशीहरुलाई धैर्यताका साथ अगाडि बढ्न आह्वान समेत गरिएको गठबन्धनका युवा नेता मनोज मोरबैताले बताए।
यसैबीच सहिद यादवप्रति भारतको बैंगलुरुमा समेत श्रद्धाञ्जली सभा गरिएको छ।
जेपी साहका अनुसार बैंगलुरुमा रहेका मधेशीहरुले सामुहिक रुपमा श्रद्धाञ्जली सभा गरेका हुन्।





