
हुलाकी न्यूज, काठमाडौं : प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवलाई श्रद्धाञ्जली दिदा एक जना युवामाथि राज्यद्रोहको मुद्दा चलाउने तयारी गरिएको छ।
सहिद यादवलाई शनिबार साँझ नेपालगंजको बीपी चौकमा श्रद्धाञ्जली दिने क्रममा प्रहरीले पक्राउ गरेका केदारनाथ वर्मामाथि राज्य द्रोहको मुद्दा चलाउने तयारी गरिएको छ।
आइतबार बाँके प्रहरीले राज्य द्रोहकै मुद्दामा छानविनका लागि अदालतबाट चार दिनको म्याद थमाएको छ।
स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार शनिबार साँझ पक्राउ गरिएको वर्मामाथि राज्य द्रोहको मुद्दा चलाउने तयारी अन्तरगत अदालतबाट आइतबार म्याद थप गराइएको हो।
यता बाँके प्रहरीले पनि राज्य विरुद्धको गतिविधिमा संलग्न रहेकोले वर्मामाथि मुद्दा चलाउने तयारी भइरहेको अनौपचारिक जानकारी दिएको छ।



