हुलाकी न्युज, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ मा पर्ने उत्तरायणीमा रहेको कमला नदीमा जल लिन गएका ३ जना वेपत्ता भएका मध्ये २ जनाको शव फेला परेको छ ।
सिरहाको गोलबजार नगरपालिकामा रहेको शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कर्जनहा नगरपालिका वडा नम्बर १ स्थित कमला नदीको उत्तरायणीमा पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाको औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए ।
जसमध्ये आइतवार बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको थियो भने एक जनाको शव आज विहान भारतको जयनगर स्थित कमला नदि पुलमा फेला परेको हो । जयनगर स्थित कमला नदी पुलमा गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।



