हुलाकी न्यूज संवाददाता

कुवैत २७ अगष्ट । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को कुवैत शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अल शहीद पार्क २४ अगष्ट २०१८ शुक्रबार का दिन सम्पन्न प्रथम अधिवेशनबाट धनबिर कुमार ठाकुर बाराहीको अध्यक्षतामा १७ सदस्यीय र २ सल्लाहकार सहित नयाँ कार्य समिति चयन भएको छ ।

एनआरएमए कुवैत शाखाको उपाध्यक्षमा नसीब अन्सारी र फुलचन कुमार मुखिया, सचिवमा राजन सिंह कुशवाहा, सह सचिवमा बिर्जु कुमार यादव र कोषाध्यक्षमा विजय कुमार महतो रहेका छन् ।

त्यसैगरी कार्यकारी सदस्यहरुमा अरविन्द साह, रामकुमार यादव, रामजतन यादव, दिलीप कुमार मेहता, मोहित नारायण महतो, प्रमोद पासमान, राज कुमार मुखिया, संजय राउत, फेकन यादव, श्याम कुमार यादव र सितासरन महतो रहेका छन्।

त्यस्तै सलाहकार मण्डलमा आसा कुमारी मेहता र मोहन सदा रहेका छन्।

यसै क्रममा संगठन विस्तारका सम्बन्धमा हुलाकी न्यूजसँग बिशेष कुराकानी गर्दै एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. बशन्त कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तर्गत कुवैत मा पनि एनआरएमए गठन भएर विस्तार भएको बताए । उनले कुवैतमा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन समेत आग्रह गरे ।

कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे ।

हालसम्म एनआरएमए ३६ वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.