हुलाकी न्युज, सिरहा । सिरहाको गोलबजारमा रहेको शिव मन्दिरमा जल चढाउंनको लागि कमलाको उत्तराइनी पुगेका तीन बालक शनिबार बेपत्ता भएका छन् ।?
बेपत्ता भएका सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ बस्ने १५ बर्षको मनोज महरा, सोही ठाउंका १४ बर्षका राहुल महरा, अर्नम गाउँपालिकाका २१ बर्षका सुमन कुमार मन्डल र औरही गाउँपालिकाका १९ बर्षका कृष्ण कुमार महतो गरी चार जनाको समूहमा गएका मध्ये तीन कमला नदिमा बेपत्ता भएको छ ।
भने एक जना बालकलाई स्थानीयहरुले उद्धार गरेको र उनीहरुको खोजी कार्य जारिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बालकहरु कमला खोलामा जल लिन जांदा उनीहरुलाई बगाएर लगेको हो ।
केही दिन देखि पहाडमा अत्यधिक बर्षा भैरहेको हुदा कमला नदिमा पानीको वहाव बढेको छ ।



