
हुलाकी न्यूज, जनकपुरधाम: प्रदेश २ सरकारले रक्षा बन्धनको अवसरमा सार्वजनिक विदा दिएको छ।
आइतबार हुने रक्षा बन्धनका लागि प्रदेश २ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले सार्वजनिक विदा दिएको जनाएका छन्।
यसअघि प्रदेश सरकारले विदा दिएपनि संघीय सरकारको मातहतमा रहेका निकायहरु तथा अदालतले विदा दिन अस्वीकार गरेका थिए।
जसकारण प्रदेश २ सरकारले सबै निकायहरुलाई तोकेरै विदाको घोषणा गरेको छ।
प्रदेश भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वितिय संस्था, संस्थान र विद्यालयहरुमा सार्वजनिक विदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ।
मधेशका जिल्लाहरुमा दिदीले भाईलाई रक्षाको बन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्न छन् रक्षा बन्धनमा। कतिपयले सोही दिन जनै पुर्णिमा पनि मनाउने गरेका छन्।



