हुलाकी न्यूज, बर्दिया (गुलरिया)
: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउनहरुमाथि राज्य विरुद्धको मुद्दा चलाउने तयारी भइरहेको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवलाई बर्दियामा कालो झण्डा देखाउने चार जना युवाहरुमाथि प्रहरीले राज्य विरुद्धको मुद्दा चलाउने तयारी भएको जनाएको छ।

फोरम नेपालले विहीबार जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्याक्रममा यादवलाई सहभागीहरुले मधेश आन्दोलनबारे जिज्ञासा राखेका थिए।

मधेश आन्दोलनका शहीदको भावना विपरीत सरकारमा गएको, संविधान संशोधन गराउन नसकेको भन्दै युवाहरुले आक्रोश व्यक्त गर्न थालेपछि करिब एक दर्जन युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि सभा हल बाहिर यादवलाई ती युवाहरुले कालो झण्डा देखाएका थिए।

जिल्ला प्रहरी कार्यालय वर्दियाका अनुसार विहीबार पक्राउ गरिएका चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरुमाथि राज्य विरुद्धको अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई शुक्रबार नै सरकारी वकिलको कार्यलय लगिएको छ।

पक्राउ परी प्रहरी हिरासतमा पर्नेहरुमा हरपाल सिंह, राममनोहर यादव, इरफान शेख, राजित राम वर्मा रहेका छन्।

डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले पक्राउ परेकाहरु गठबन्धनका कार्यकर्ता रहेको पुष्टि गरेका छन्। मन्त्री यादवलाई समान्य प्रश्न गर्दा पनि यादवले नै पक्राउ गर्न निर्देशन दिएको खानले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.