हुलाकी न्यूज, काठमाडौं, २३ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दी गरेको दुई हप्ता बितिसक्दा नाकाबन्दीमा जनसमर्थन र उत्साह बढ्दै गएको देखिन्छ । वीरगंज नाकालाई दुई हप्तादेखि पूर्ण रुपले ठप्प बनाएको मोर्चाको आन्दोलनमा समर्थन जनाउन गाउँगाउँबाट स्थानीय जनता सहभागी भइरहेका छन् ।








