हुलाकी न्यूज, काठमाडौं : प्रधानमन्त्री खडगप्रसाद शर्मा (केपी)ओलीको नाम परिवर्तन भएर ‘करप्रसाद’ ओली भएको नेपाली कांग्रेसका सांसद डा.अमरेश सिंहले संसद मै बताएका छन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डा.सिंहले भने,‘कहिले मकै पोल्नेलाई कर, ठेलाबलालाई कर, कहिले खोला तर्दा कर, हुँदाहुँदै के भएको छ भने हाम्रो संसदले प्रधानमन्त्री माननीय खडकप्रसाद ओलीलाई प्रधानमन्त्री बनाएछ। तर जनताले समाजिक सञ्जालमा उहाँलाई करप्रसाद ओली बनाइदिएछ।’

‘हामी कनफुज भएछु हाम्रो प्रश्न को सँग गर्ने, खडक प्रसाद ओलीसँग गर्ने कि करप्रसाद ओली जीसँग गर्ने?’ डा.सिंहले भने,‘यो करैकरको मारमा हाम्रो राजनीतिप्रति वितृस्ना भइरहेको छ। लोकतन्त्रप्रति जनताको वितृस्ना भइरहेको छ। त्यसकारण सरकारले यो समस्याको समाधान चाडै गर्नु पर्छ। एउटा नीति बनोस्। एउटै व्यक्तिलाई तीन ठाउँमा कर लगाउनु हुँदैन।’

सांसद डा.सिंहलगायतले करको कुरा उठाएपछि सभामुख कृष्णबहादुर महराले करका विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.