
हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका छन्।
प्रदेश २ को सभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीको सम्बोधन सदस्यहरुले बहिस्कार गरेका हुन्।
मधेश आन्दोलनका सहिदको अपमान भएको, आन्दोलनकारीहरुमाथि अहिले पनि मुद्दा रहेको लगायतका विषय उठाउँदै प्रदेश सभा सदस्यहरुले बैठक बहिस्कार गरेका हुन्।
राजपाका प्रदेश सभा सदस्यहरु उपेन्द्र महतो, विक्की यादव, गौरीनारायण साहलगायतका प्रदेश सभा सदस्यहरुले बैठक बहिस्कार गरी बाहिरिएका छन्।
केही प्रदेश सभा सदस्यहरुले बहिस्कार गरे पनि प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन्।



