हुलाकी न्यूज, वीरगंज, २३ आश्विन । वीरगंजको नेवार समुदायले जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । वीरगंजका नेवारहरुले शनिबार शान्तिपूर्ण जुलुस निकाली मधेश आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् ।

जुलुसका सहभागीहरुले मधेशीको माग पुरा गर, जय मधेश जय नेपाल लेखेका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता जनाएका छन् ।

यसअघि शुक्रबार मात्र पहाडी समुदायका युवती र महिलाहरुले वीरगंज नाकामा पुगी नाकाबन्दीमा आफ्नो पूर्ण समर्थन रहेको जनाएका थिए ।

1 COMMENT

  1. Pratikar gareko vaya sabai newar ko sath pauthyo. Nepali le nepal ko lagi gareko andolan sadhai hamro sayh hun6 desdrohi ko aandolanma hamto jahile ni birod hun6

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.