
हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा प्रदर्शन गरेको युवाहरु पक्राउ परेका छन्।
प्रदेश २ सभालाई सम्बोधन गर्न जाने क्रममा युवाहरुले प्रधानमन्त्री ओलीको विरोध गरेका थिए।
पक्राउ पर्नेहरुमा संजय यादव, प्रसान्त झा, कमलेश यादव, पंकज साह, आदित्य नेपाल, आशुतोष झा, सोनु साहलगायत १० जना रहेका छन्। उनीहरुलाई एयरपोर्ट नजिकैको प्रहरी चौकीमा राखिएको छ।



