
हुलाकी न्यूज, भारदह (सप्तरी) : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले मधेश आन्दोलनका सहिद परिवारको सम्मान गरेको छ।
एनआरएमएले शुक्रबार सप्तरीको भारदहमा आयोजित सहिद श्रद्धाञ्जली सभामा सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्दै आर्थिक अवस्था कमजोर रहेका परिवारलाई आर्थिक सहयोगसमेत गरेको छ।
तेस्रो मधेश आन्दोलनका पहिलो सहिद राजीव राउतका बाबु भीम राउतको प्रमुख आतिथ्यमा भएको सहिद श्रद्धान्जली सभाको लक्ष्मण मैरताले अध्यक्षता गरेका थिए।
सहिद परिवार सबै जनालाई मैरताले गम्छा ओढाइसम्मान गरेका थिए भने गैर आवासीय मधेशी संघका प्रतिनिधि निर्मल मण्डलले प्रत्येक शहिद परिवारलाई १२ हजार ५ सय रुपैयाँको दरले सहयोग प्रदान गरेका थिए।
सहिद राजीव राउतका बाबु भीम राउत, शहिद रघु साफीकी पत्नी दुर्गी देवी साफीे, शहिद विरेन्द्र रामकी आमा वीणा देवी राम र सहिद रामकृष्ण राउतको परिवारक सदस्यलाई सम्मान गरिएको थियो।
सभामा विभिन्न वक्ताहरुले मन्त्व्य राखेका थिए भने सहिदप्रति सर्मित गीत समेत प्रस्तुत गरिएको थियो।




Thank you Nirmal ji