फाइल तस्बीर : तेस्रो मधेश आन्दोलनका क्रममा प्रदर्शन

हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्न लागेको सम्बोधनको विरोध प्रदेश २ सरकारका मन्त्रीदेखि सांसद र नागरिक अगुवाहरुले समेत गरेका छन्।

प्रदेश २ सरकारका राज्यमन्त्री सुरेश मण्डलले प्रधानमन्त्री ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको भन्दै विरोध गरेका छन्।

‘यो नेकपा सरकारको सघीयतामाथि लगाम लगाउने पहिलो प्रायस हो। सघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन।’ मन्त्री मण्डलले भनेका छन्,‘तसर्थ म प्रधानमन्त्री ज्यूलाई मधेश आन्दोलन, मधेशी शहिद र मधेशी जनताको भावनालाई सम्मान गर्दै आजको अशोभनिय, अब्यबहारिक र असबैधानिक सम्बोधन फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न अनुरोध गर्दछु।’

यसैगरी मधेश आन्दोलनका अगुवा युवा संजय यादवले प्रधानमन्त्री ओलीले मधेश आएर मधेशी सहिदको अपमान गर्न खोजेको बताएका छन्।

‘अहिले मधेशमा यस्तो माहौल छ की मधेशी जनता नेतृत्व बिहीन महसुस गरिरहेको छ। मधेशी बीरहरुले दिएको सहादत र बलिदानीको अपमान भएको महसुस गरीरहेका छौ। अहिले पनि केपी ओली जीले बोलेका अपमान जनक शब्दहरु मधेशी जनताले भुलेको छैन।’ यादवले भने,‘हामी सहिदको अपमान हुन दिने छैनौ। सरकारको डर त्रासले डरने वाला छैनौ । यसभन्दा पहिला प्रधानमंत्री ओली ज्यूलाई कालो झंडा देखाई तिहार जेल गई सकेको छु। केहि उतरोस या नाइ बिरोधमा हामी जनकपुरका युवाहरु उत्रिने छौ।’

तराई मधेश उत्थान मञ्चका संस्थापकसमेत रहेका यादवले प्रदेश सभा सदस्यहरुलाई ओलीको सम्बोधन बहिस्कार गर्न पनि आग्रह गरेका छन्।

‘ओलीले संशोधनको कुरा उठाउनु ललीपाप जस्तै हो । केहि बुँदाहरु संशोधन गर्ने प्रतिबद्धता गरिनेछ त्यो यस्तो बुँदाहरु मधेशी र मधेशको हकÞअधिकारसंग कही पनि सरोकार राखने छैन। केन्द्र सरकार सरकार चलाउन हुने कठिनाइलाई मात्रै संशोधन गरिनेछ। यो संशोधनले केन्द्र र गैरमधेशी, थारुलाई मात्र फाईदा हुनेछ।’ यादवले भने।

यसैबीच प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाले तयारी गरेको छ।

विहान १०ः १५ मा हेलिकप्टरबाट जनकपुर एयरपोर्ट पुग्ने ओली ११ बजे प्रदेश सभालाई सम्बोधन गरी १ बजे धनुषाको पूर्वीक्षेत्र बरमझिया पुग्नेछन्। स्व.रामबृक्ष यादवको स्मृति सभालाई सम्बोधन गरी ४ बजे उनी काठमाडौं फर्किने तयारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.