
हुलाकी न्यूज, भारदह (सप्तरी) : स्वतन्त्र मधेश गठबन्धनले सप्तरीको भारदहमा मधेश श्रद्धाञ्जली सभा गरेको छ।
तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजिव राउत मारिएको दिनको सम्झनामा शुक्रबार भारदहमा श्रद्धाञ्जली सभा गरिएको हो।
सभालाई स्वतन्त्र मधेश गठबन्धनका नेताहरुले सम्बोधन गरेका छन्।
मधेशवादी दलका नेताहरुले सहिद परिवारलाई खासै चासो नदिएको र सहिदहरुलाई सम्मान नदिएको भन्दै गठबन्धनले आरोप लगाएको छ।




