हुलाकी न्यूज, काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ धनुषाको बरमझियामा जाने भएका छन्।

भदौ २ गते हुने सहिद रामबृक्ष यादव ‘मास्टर साहाब’को स्मृति सभालाई सम्बोधन गर्न ओली र प्रचण्ड त्यहाँ जान लागेका हुन्।

नेकपाका नेता रामकुमार शर्माका अनुसार ओली र प्रचण्ड आउने कार्यक्रमका लागि विशेष तयारी भइरहेको छ।

यसैबीच प्रधानमन्त्री ओलीले प्रदेश २ को संसदलाई सम्बोधन गर्ने भएको छ। प्रधानमन्त्री ओलीले भदौ २ गते ११ बजे बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने तयारी भइरहेको प्रदेश २ सरकार मुख्यमन्त्री एव मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.