
न्यु दिल्ली : भारतको राजधानी नया दिल्लीको छतरपुरमा गैर आवासीय मधेशी संघले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
बद्री माझीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन भएको हो।
गैर आवासीय मधेशी संघ भारतका प्रथम अध्यक्ष सुजित कुमार ठाकुरले सदस्यहरुलाई वीडियोको माध्यमले सम्बोधन गरेका थिए।
कार्यक्रमका संयोजक माझीलगायत उपस्थित सबै सदस्यहरुले नेपालमा मधेशीहरुको अवस्था र मधेश आंदोलनको समीक्षा गर्दै नेपालको त्रुटिपूर्ण संविधान अनुसार हुने कुनै पनि चुनावलाई बहिस्कार गर्ने अडानलाई दोहराएका थिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले मधेशी एकतालाई देश-बिदेशमा सुदृढ़ पार्दै संगठनलाई एक नया उचाईमा पुर्याउन आह्वान गरेका थिए भने उत्साहित मधेशी अभियानी बिजय कुमार पंडितले मधेश स्वराज सम्बन्धी ग़ज़ल प्रस्तुत गरेका थिए।



