शिव कुमार पाल, दोहा कतार : बैदेशिक राेजगारीमा कतार अाएका सिरहा अर्नामा गाउपालिकाका सन्ताेषा कुमार पालकाे मृत्यु भएकाे छ।

महनौर ०९ हाल (अर्नामा गाउपालिकाका १) घर भइ लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लिबाट जून २०१८ मा कतार अाएका पाल नजात ट्रेडीन एंड कन्स्ट्रक्सन कम्पनीमा काम गर्दै अाएका थिए।

काम गर्ने क्रममै अचानक बेहोश भएका पालकाे सरकारी अस्पताल (हामाद) मा उपचारको क्रममा ५ अगष्ट २०१८ मा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।

अस्पताल स्रोतका अनुसार पालमा रेबिज संक्रमण देखा परेको र सरिरमा अत्यधिक मात्रामा रेबिजका जिबानु फैलिसकेकोले उपचारकै क्रममा मृत्यु भएकाे हाे।

कतारस्थित पालले काम गरिरहेको कम्पनी ”नजात ट्रेडीन एंड कन्स्ट्रक्सन” का आनुसार कतारको सबै कानुनी प्रक्र्याि बुझी सम्पूर्ण कागजातसहित कतारस्थित नेपाली राजदुताबासमा जानकारी गराउने प्रक्रियामा रहेको छ जनाएकाे छ।साथै  पालको परिवारलाई सम्पर्क गरी सम्पूर्ण बेहोरा अबगत गराइसकिएकाे छ। कम्पनीको नियम अनुसार सम्पूर्ण छतिपुर्ति उपलब्ध गराउने जानकारी कम्पनीले गराएकाे छ।

पाल एक्लो छोरा भएको र घरमा आमा, पत्नी, दुई छोरा र एक छोरी रहेको छ। घरको आर्थिकस्थिती निकै कमजाेर रहेकाेले उनी बैदेशिक राेजगारीमा अाएका  थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.