हुलाकी न्युज, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित बदगामामा दिउँसो ४ बजे बसले माइक्रोलाई पछाडिबाट ठक्कर दिदा १७ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको बा ३ ख ८४८५ नम्बरको माइक्रो बसलाई सोही दिशामा जाँदै गरेको को १ ख ४४६८ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । बसले माइक्रोलाई पछाडिबाट ठक्कर दिदा माइक्रो बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा १७ जन घाइतेमध्ये ११ जनाको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको र् ६ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

माइक्रोमा घाइते भएका झापा गौरिगञ्ज १ वस्ने ५९ वर्षिय सुनिल कुमार राजवंशी, सोहि ठाउ वस्ने ३५ वर्षिय हुकुम सराईन, गौरिगञ्ज ४ वस्ने ५४ वर्षिय कोमल मिस्त्री, गौरिगञ्ज ५ वस्ने ३५ वर्षिय गिता ताजपुरिया र सोहि वाड वस्ने ५० वर्षिय कमल राजवंशी छन भने वसमा सवार विराटनगर वरगाछि १ वस्ने ४८ वर्षिय रमा केसी, विराटनगर ११ वस्ने २५ वर्षिय प्रसान्त काफ्ले, सिन्धुली रानीखोला ५ बस्ने २३ वर्षिय राहुल भुजेल (सहचालक), सुनसरी वरजु २ वस्ने ३४ वर्षिय विकास कुमार राई (चालक) त्यसैगरी विराटनगर ११ वस्ने २८ वर्षिय शिव ठटाल, सुनसरी दुहवी वस्ने ५६ वर्षिय राम सुन्दर चौधरी घाईते भएका छन । जसमध्ये सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरका २८ वर्षीय उज्वल रेग्मीको अवस्था चिन्ताजक रहेको इन्स्पेक्टर प्रतीक विष्टले जनाएका छन ।

गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.