
धनगढी : टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर जग्गा २०७५ भदौं ५ गते लिलाम हुने भएको छ।
कैलाली जिल्ला अदालतबाट सर्ब साधारणका निम्ति यहि साउन १७ गत जारी गरिएको लिलामी सूचनामा लक्ष्मण थारुको पनि घर जग्गा लिलाम हुने उल्लेख गरिएको छ।
साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को १०२० वर्ग मिटर क्षेत्रफल र हालको धनगढी उप महानगरपालिका १८ को कित्ता नं. ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने सूचना जारी गरिएको छ ।
कैलाली जिल्ला अदालतले जारी गरेको सूचनामा मिति २०७५ भाद्र ५ गते दिनको २ बजेदेखि साँझ ४ बजे सम्म कैलाली जिल्ला अदालत तहशिल शाखामा बोलपत्र अह्रवान गरेको छ ।
थारुले कैलाली कारागारमै कष्टपूर्णरुपले राजबन्दी जीवन विताई रहेको अनुभव सुनाउदै भने ‘टीकापुर घटना हुनु अगाडी काठमाडौको नयाँ बानेश्वरमा थारु भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका थिए । तर घटना पछि आफू पक्राउ पर्दा रिसोर्ट बन्द अवस्थामा छ ।’ उनले भने – रिसोर्ट सञ्चालन गर्नको लागि ऋण लिएका थिए तर राम्रोसंग करोबार गर्न नपाउदै पक्राउ परेको दुखेसो व्यक्त गरे ।
उनी लिलाम हुन लागेको जग्गा जोगाई दिनको लागि सबैसंग सहयोगको अपेक्षा गरे । थारु विगत तीन वर्षदेखि कैलाली कारागारमा राजबन्दी जीवन विताईरहेका छन् । -मुक्तिक डगर



