हुलाकी न्युज, सिरहा । प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले विकसित मधेसको गुलाम नागरीकको साटो अलि कम विकसित मधेसको अजाद मधेसी बन्नुपर्ने बताएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स सिरहा उपशाखाले सिरहामा आयोजना गरेका अभिकर्ता सम्मान कार्यक्रमको उद्घाटन गर्दै राज्यमन्त्री मण्डलले कम विकसित मधेसका आजाद मधेसी बन्न तयार रह्नन आग्रह गरेका छन् ।
राज्यमन्त्री मण्डलले भने, ‘विकास स्थानीय तहले पनि गर्न सक्छ । त्यो केही ढिलो चाडो पनि हुन सक्छ । तर अधिकार पाउन सजिलो हुँदैन् । त्यसको लागि सयौं वर्ष लड्नु पर्ने हुन्छ । हामी अधिकार प्राप्त गरौं । केही ढिला भएपनि हामीले विकासमा फड्को मार्ने छौं ।’

उक्त कार्यक्रममा राज्य मन्त्री मण्डलले भने, ‘यो ठाउँ सलहेशको हो । सलहेश र सिरहाको विकास र प्रर्वद्धन गर्न प्रदेश सरकार पूर्ण रुपमा अगाडी वढ्दै छ ।’
सिरहाको माडरमा तेन्जी हिलारी स्वागतद्वार निर्माणको लागि प्रदेश सरकारले १ करोड बजेट समेत विनियोजन गरेको राज्यमन्त्री मण्डलले बताए ।

सदरमुकाम सिरहाको इमली चौकदेखि सारस्वर, बेल्हा, कल्याणपुरहुँदै मिर्चैया जोड्ने सडकलाई स्तरोन्नती गर्न लागिएको जानाकारी दिएका छन् । उनले भने, अब यो सडकमा खाल्डाखुल्डी हुने छैन । नयाँ सडक बनाउन डिपिआर तैयार भईसकेको र अब केही दिनमै निर्माण कार्य सुरु हुन्छ ।’

कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स विभिन्न क्षेत्रमा योगदान पुर्याउने अधिकर्ता, पत्रकार लगायतयलाई सम्मान गरेको छ । उक्त अवसरमा पूर्व सभासद सेवकी देवी दास, राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य राजकुमार महरा, मो मुस्ताक, युवा नेता सूर्यकान्त यादव, संघीय समाजवादी फोरमका पूर्व जिल्ला अध्यक्ष किशोरी यादव लगायतको सहभागिता रहेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.