Google Map

सप्तरी:-कंचनपुर नगरपालिका वडा नम्बर १ बैरवा स्थित बिधुतिय ट्रांसफर्मर ओभर लोडका कारण एकै बर्षमा पटक पटक जलेकोले एक सय केभीको दुइ ओटा ट्रांसफर्मर जडान गर्न नगरपालिकाले आलटाल गरिरहेको बताइएको छ।

नगरपालिकामा असार २१ गते नै बिधुत ट्रांसफर्मर जडान गर्न सिफारिस गरेपनि नगरपालिकाले आजभोली भन्दै आलटाल गरिरहेको वडा अध्यक्ष करिम शेखले बताए। आर्थिक बर्ष २०७३/२०७४ को नगरपालिका संचित कोषमा वडा नम्बरबाट जम्मा गरिएको ५ लाख ३ हजार र अपुग रकम नगरपालिकाको सम्पुरक कोषबाट थप गरेर दुई ओटा ट्रांसफर्मर जडान गर्न नगरपालिका लाई आग्रह गरेको महिना दिन बित्न लाग्दा समेत कुनै चासो लिएको छैन। वडा अध्यक्ष शेखले भने नगरपालिकाले हाथी नियन्त्रण र सर्प दंस लगायतबाट जनतालाई बचाउने पर्तिब्धता गरेपनि व्यवहार कार्यन्यन गरेको छैन।
ट्रांसफर्मर नभएपछि सर्प दंश बढ्नुको साथै बालबालिकाहरु लाई पठन पाठनमा समेत समस्या भइरहेको वडा अध्यक्ष शेखले बतए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.