हुलाकी न्यूज, राजविराज :
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ र हुलाकी न्यूजले संयुक्त रुपमा संचालन गरेको हुलाकी हेल्प सेन्टरको १२ औं स्वास्थ्य शिविर सप्तरीको गोबरगाढामा सम्पन्न भएको छ।

बाढी प्रभावित तथा दैविक प्रकोपबाट प्रभावितहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन तथा राहत सामाग्री वितरण गर्न गत वर्ष हुलाकी हेल्प सेन्टरको स्थापना गरिएको थियो।

सेन्टरले बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा १३ गोवरगाढामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ५० जनाभन्दा बढीले उपचार पाएका छन्।

विशिरको संयोजन तथा मुख्य साझेदारी नेपाल सामुदायिक विकास मञ्च भारदहले गरेको थियो।

शिविरमा जरो, रुगाखोकी, झाडापाखाला, निमुनियन, आँखा पाकेका, छाला जस्ताका बिरामी बढी संख्यामा आएका थिए।

शिविरमा दुई जना एमबीबीएस डाक्टरहरु सुनित कुमार मण्डल, सागर साहले सहयोग गरे भने हेल्थ एसिसिटेण्टहरुमा दिनानाथ यादव, पंकज कुमार सिंह, फार्मेसीमा रामरित्र साह, कुन्दन कुमार मण्डल, परसुराम पंडित, ज्ञानेन्द्र कुमार खडगालगायतले सहयोग गरेका थिए।

यसैगरी औषधी वितरण तथा व्यवस्थापनमा गुलाब कुमार मण्डल, दौरिक मण्डल र रामु विश्वसाले सहयोग गरेका थिए।

१ बर्षदेखि ७० बर्ष सम्मका बिरामीहरुले चेकजाच गराएको मञ्चका आकाश कुमार राजभण्डारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.