हुलाकी न्यूज, युएई : 
गैर-आवासीय मधेशी संघ (युएई) ले वरिष्ठ लेखक, साहित्यकार एवं संस्कृतिविद् डॉ. रामदयाल राकेशसंग साक्षात्कार कार्यक्रम सम्पन्न गरेकाे छ।

संघका सह-अध्यक्ष मदन यादवको सभापतित्वमा आयोजित कार्यक्रममा डा. राकेशले आफ्ना अनुभव सुनाउँदै आफू मधेशी भएकै कारण आफ्नो पेसागत जीवनमा भोग्नुपरेका विभेदका विभिन्न तितो संस्मरणहरु पाेखे।

उनले भने, ‘हाम्रो देशमा लोकतन्त्र कागजमा त जारी गरिएको छ तर व्यवहारमा ल्याउन सकिएको छैन। बर्षोंदेखि शासन गरिरहेका शासक वर्गहरुले मधेशका जनतालाई सही अर्थमा बराबरी न्याय, अधिकार र समानता दिन चाहिरहेका छैनन।’

गैर-आवासीय मधेशी संघ को फेसबुक पेजबाट उक्त कार्यक्रम लाईभ प्रसारण भइरहँदा प्रश्नकर्ता मोहम्मद जियाबुल खानले ‘हिन्दीमा किन बोल्नु भएको?’ भन्ने प्रश्नको जवाफमा उनले हाम्रो मधेशमा भाषिक विविधता भएको कारण कुनै एक भाषामा मात्र कुरा राख्दा अन्य भाषीलाई असन्तोष नहोस् र सबैसँग संवाद सहज होस् भनी हिन्दीमा बोलेको बताए।

भाषा संवादको माध्यम भएको र विभिन्न देशमा सम्पर्क भाषाको रुपमा समेत हिंदी एक विकसित भाषा भएकोले हामी मधेशी वा नेपालीले यसप्रति वितृष्णा गर्नुपर्ने कुनै कारण नरहेको साथै हिन्दीमा बोल्दा आफूले कुनै अपराध नगरेको कुरा बताए।

पूर्व पश्चिम मधेशमा विभिन्न भाषिक विविधता भएकोले सबै मधेशलाई एक सूत्रमा जोड्न एवं सहज सम्पर्क गर्न एक पूलको रुपमा हिंदी नै उपयुक्त विकल्प रहेको राकेशले बताए। हिन्दीमा बोलिरहँदा आफूले मैथिलीको विरोध नगरेको बरु मैथिली भाषाको विकास गर्नका लागि भाषाको सरलीकरण गरी नयाँ किसिमले मानक निर्धारण गर्नुपर्ने बताए।

प्रदेश २ लगायत अन्य संघीय प्रदेशहरुमा निर्वाचित प्रदेश सरकारप्रति जिल्ला प्रशासनका कर्मचारीहरुको असहयोगका कारण केन्द्र र प्रदेश को दूरी बढिरहेको र यसले प्रदेशका जनताको सार्वभौमिकता बारे सवाल सुरु भैरहेको बारे चिंता ब्यक्त गरे।

साक्षात्कार कार्यक्रमकाे अन्त्यमा गैर-आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले डा. राकेशलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमको दोश्रो चरणमा नेपाल वायुसेवा निगमकाे दुबईमा अर्थ-व्यवस्थापक (Finance Manager) का रूपमा कार्यरत मधेशी परिवारका सदस्य नरेश यादवको कार्यकाल समाप्तीको पूर्वसन्ध्यामा उनको सम्मानमा एक विदाई गरिएकाे छ।

सङ्घका बरिष्ठ सल्लाहकार डॉ. रबिन्द्र कुमार यादवले गमछा लगाइदिएर बिदाई गरे। बिदाई कार्यक्रमका लागि धन्यवाद मन्तब्य दिदै नरेश यादवले आफुले परदेशमा पनि परिवारको जस्तो माया-स्नेह पाएकोमा गैर आवासीय मधेशी संघप्रति सधै आभारी रहने बताए।

कार्यक्रमको समापन कार्यक्रमका सभापति मदन यादवले दुबै अतिथि डॉ. राकेश र यादवलाई उपहार प्रदान गरी सम्पन्न गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.