वीरगंज, साउन ९ गते

समाजवादी विधार्थी फोरम नेपालद्वारा समाजवादी विधार्थी फोरम नेपालका केन्द्रीय सचिवालय सदस्य निखिल बरनवाल को अध्यक्षता, संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मीको प्रमुख एंव जिल्ला प्रवक्ता राम नरेश यादव ज्यु को बिशिष्ठ लगायत पुर्व नगर अध्यक्ष लखनलाल गुप्ता साथै बरिष्ट नगर उपाध्यक्ष घनशयाम गुप्ता लगायतको विशेष अथितित्वमा ठाकुर राम बहुमुखी क्याम्पस एकाई समिति गठन गरिएको छ।  नव गठित समिति को अध्यक्षमा हरीन्द्र साह, उपाध्यक्षमा शशिकान्त सर्राफ एंव हिरालाल साह, सचिवमा विकाश मेहता, सःसचिवमा रंजिता ठाकुर, कोषाध्यक्षमा बंधना चौधरी र सःकोषाध्यक्षमा सगीर अहम्मद गरी कुल २१-सदस्यीय समिति गठन भएको छ।

गठन कार्यक्रमको अध्यक्षता गरिरहेका निखिल बर्नवालले क्याम्पसका विगत भातृ संगठनहरुले क्याम्पस प्रशासन र विधार्थी बीच दलालको काम गरेको र क्याम्पस र विधार्थी बीचको दुरु बढाएको गुनासो गर्नु भयो। ‘नव गठित समाजवादी विधार्थी फोरम एकाई समितिले विधार्थीको समस्यालाई आफ्नो समस्या बुझीं चौकीदारको काम गर्छ भन्नेमा म आशावादी छु’- बर्नवालले भने। त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै  कार्यक्रमको प्रमुख अथिति सुन्दर कुर्मीले नव गठित समितिलाई हार्दिक बधाई दिदै विधार्थी राजनीतिकको महत्वको बारेमा प्रकाश पार्नुको साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.