
हुलाकी न्यूज जनकपुरधाम : प्रदेश २ सरकारले जन्मसिद्धका आधारमा नागरिकता पाएएकाहरुको सन्तानलाई बंशजको आधारमा नागरिकता उपलब्ध गराउन आठ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सोमबार प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको हो।
जन्मसिद्धका सन्तानलाई बंशजको आधारमा नागरिकता दिने संबैधानिक प्राबधान रहेपनि स्पष्ट ऐन नभएको भन्दै जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता उपलब्ध गराउनमा मानेको छैन।
अदालती प्रक्रियाबाट केही जन्मसिद्धका सन्तानले नागरिकता पाएपनि कयौंले पाउन सकेको छैन।
जन्मसिद्धका सन्तानलाई बंशजका आधारमा नागरिकता उपलब्ध गराउनमा सहजी करण गर्न मन्त्री यादवले पत्राचार गरेका हुन्।
नेपाल सरकारका तत्कालिन गृहमन्त्री विजय कुमार गच्छदारले नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दा प्रमुख जिल्ला अधिकारीहरु गृहमन्त्रीको विपक्षमा उभिएका थिए।
प्रदेश २ सरकारका आग्रहहरुलाई पालना गर्न आनाकानी गर्दै आएका प्रमुख जिल्ला अधिकारीहरुले नागरिकता सम्बन्धी यस पत्रको पालना गर्नेमा धेरैको शंका रहेको छ। यस पत्रले प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीहरुबीच मनमुटाब बढाउन सक्ने सम्भावना पनि रहेको छ।





[…] नागरिकता सम्बन्धी प्रदेश सरकारको पत्… […]