हुलाकी न्यूज, दोहा :
बैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका मधेशका मुसहर युवाहरुले मुसहर जातीका बालकालिकाका लागि शिक्षा जागरुक अभियान थालेका छन्।

बैदेशिक रोजगारीबाट कमाएको केही रकम आफ्ना गाउँघरमा रहेका मुसहर बालबालिकालाई पढाउनमा खर्च गर्दैछन्।

ऋषिवंश एकता सेवा समाज गठन गरी युवाहरुले अभियान चलाएका हुन्। विभिन्न देशमा रहेका ती युवाहरुले अभियानको सुरुवात कतारबाट गरेको बुझिन्छ।

हालै कतारको ग्राण्डमलमा बैठक गरी अभियानलाई तीब्रता दिने निर्णय भएको सेवा समाजका मोहन सदाले हुलाकी न्यूजलाई जानकारी दिए।

गरिबीको चरम सिमामा रहेका मुसहर समुदाय निकै पिछडिएका छन्। नेपाल सरकारबाट दलित कोटामा आरक्षणको व्यवस्था गरिपनि मधेशका दलितहरु मध्ये मुसहर जातीसम्मले कुनै लाभ पाउन सकेका छैनन्।

अन्य देशहरुमा पनि समिति गठन गरी अभियानलाई अगाडि बढाउने तयारी रहेको सदाले बताए।

कतारमा भएको बैठकमा समितिका प्रमुख सल्लाहकार शत्रुधन सदा, अध्यक्ष छोटे सदा, उपाध्यक्ष उपनाराय सदा, कोषाध्यक्ष धर्मेन्द्र सदा, सचिव बिकास सदा सहभागी थए। उक्त बैठकमा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

यसैगरी समितिका सल्लाहकारहरु जगदीश सदा, मनोज सदा, फुलकुमार सदा, रामदियाल सदा, राम प्रमोद सदा, कपिल सदा, इनदल सदा, रमेश सदा, सुरेन्द्र सदालगायतका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.