
हुलाकी न्यूज, काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षत्रीले विहीबार रुपन्देही जिल्लास्थित मध्य पश्चिम पृतना हेडक्वाटर तथा त्यस अन्तर्गत पूर्वी रुकुम जिल्लामा तैनाथ खड्गदल गण र गुल्मी जिल्लामा तैनाथ वीरभद्रजंग गुल्मको निरीक्षण भ्रमण गरेका छन्।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, गण तथा गुल्मको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिइ सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए।
प्रधानसेनापति क्षत्री अन्य अड्डाहरुको पनि निरिक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।



