हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको सप्तरीको मलेठ घटना सम्बन्धी प्रतिवेदनको विरोध गरेको छ।

बुधबार विज्ञप्ती जारी गर्दै राजपाले मानव अधिकार आयोगको प्रतिवेदन पुर्वाग्राही रहेको आरोप लगाउँदै सच्याउन माग गरेको छ।

पीडिकउपर कारवाहीको सिफारिस नगरिएको र पिडितलाई न्याय दिलाउने प्रयाससमेत नभए भन्दै आयोगको प्रतिवेदनको विरोध गरिएको हो।
घटनाको सत्यतथ्य छानविन गरी प्रतिवेदनलाई परिमार्जन गर्न राजपाले माग गरेको छ।

तेस्रो मधेश आन्दोलनको क्रममा नेकपा एमालेले चलाएको मेची महाकाली अभियानको विरोध मधेशी मोर्चाले गरेको थियो। त्यस क्रममा सप्तरी जिल्लाको मलेठमा २०७३ फागुन २३ गते सुरक्षाकर्मीको गोली लागि पाँच जना मारिएका थिए भने १३ जनाभन्दा बढी घाइते भएका थिए।

उक्त घटना सम्बन्धीमा राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन पुर्वाग्राही रहेको भन्दै विभिन्न संघ–संस्थाले पनि विरोध जनाएको छ।

मलेठ घटना सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनको चौतर्फी विरोध

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.