हुलाकी न्यूज, काठमाडौंः गत वर्षका मधेशका बाढीबाट पीडितहरुले हालसम्म राहत पाउन सकेको छैन।

प्रतिनिधि सभाको विहीबारको बैठकमा बोल्दै सांसद प्रमोद साहले गएको वर्षका बाढी पीडितहरुले हालसम्म क्षतिपुर्ति पाउन नसकेको जानकारी गराए।

सांसद साहले यस वर्ष पनि मधेशका जिल्लाहरु बाढीबाट डुब्न लागेको र पीडितहरु थपिदै गइरहेको बताए।

‘वर्षाले सम्पूर्ण मधेश डुबेर छटपटिएको अवस्थामा छ। यो वर्षको बाढी पीडितको कुरा गर्दैछौं। तर यसअघिको वर्षमा बाढीमा क्षति भएका मधेशीले क्षतिपुर्ति पाएको छैन।’ सांसद साहले भने,‘२०७४÷७५ मा बाढी पीडितका लागि गएको बजेट वितरण भएको छैन।’

‘गृहमन्त्रालयले अहिलेसम्म क्षतिपुर्ति दिइएको छैन। अहिले पुनः क्षतिपुर्ति दिने अवस्था आयो।’ उनले भने,‘सदनमा बोल्दा पनि सरकार जिम्मेवार बनेको छैन। क्षतिपुर्ति दिन बारम्बार माग गर्यौं तर भएन।’

सर्लाही जिल्लासहित मधेशका जिल्लामा बाढीबाट क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण उनले गराए।

यता पुर्ननिर्माण प्राधिकरण अन्तरगतको बाढी पीडित शाखाले पनि हालसम्म मधेशमा पुर्ननिर्माणको काम गर्न नसकेको आरोप लाग्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.