काठमाडौं । नाकाबन्दीको १८ दिनपछि र नयाँ सरकार चुनिन ४८ घन्टामात्र बाँकी रहँदा सरकारले नाकाबन्दी हटाउन भारतसँग संवाद गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ वर्ता टोली गठन भएलत्तै मन्त्री पाण्डेले काठमाडौंस्थित भारतीय राजदूत रन्जित रेसँग भेटेर नाकाबन्दी भन्ने शब्द उच्चारणै नगरी नाकाबन्दी हटाउन पहल गर्न आग्रह गरेका थिए ।
भारतलाई थप नचिढ्याउने रणनीतिअनुसार मन्त्री पाण्डेले राजदूतसँगको भेटमा नाकाबन्दी शब्द उच्चारण नगरेका हुन् । अब भारतसँग वार्ता गर्दा पनि नाकाबन्दी शब्द नै उच्चारण नगर्ने तयारी भएको बुझिएको छ ।



