हुलाकी न्यूज, काठमाडौंः प्रदेश २ का सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलेसँग बाढी समस्या समाधानको माग गरेका छन्।

सांसदहरुले प्रदेशका विभिन्न जिल्लामा भएको बाढी प्रभावितहरूका लागि तत्काल राहत उपलब्ध गराउन तथा वर्षेनी हुने बाढी तथा कटान समस्याको समाधान खोज्न प्रधानमन्त्री ओलीसँग माग गरेका छन्।

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरेर समस्या सुनाएका हुन्।

छलफलमा सहभागी नेकपाका नेता प्रभु साहका अनुसार प्रधानमन्त्री ओलीलाई हालैको बाढी तथा डुबानबाट भएको क्षेत्रीको बारेमा जानकारी गराउँदै क्षतिपूर्ति तथा दीर्घकालीन समाधानका लागि पहल गर्न सांसदहरुले आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन पनि दिएको साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.