हुलाकी न्युज, सिरहा । सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यू भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा शुक्रवार ट्याक्टर पल्टिदा चालककोे मृत्यु भएको हो ।
खेत हिलो गर्ने क्रममा शुक्रवार दिउँसो १ बजे स १ त ३१९४ नम्बरको ट्याक्टर खेत हिलो गर्ने क्रम्मा अचानक पल्टिँदा सोही ट्याक्टरका चालकको मृत्यु भएको छ । मृत्यु भएका चालक बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका उदय मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव रावत खरेलले बताएका छन । मृतकको शव पोस्टमार्टमको लागि लहान लगिएको छ ।



